• २०८३ जेष्ठ ६ गते बुधवार

चर्च ब्वाइजलाई हराउँदै संकटा ‘सभापति कप’ फुटबलकाे सेमिफाइनलमा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ १०, काठमाडौँ । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल लोकतान्त्रिक खेलकुद संघ महाधिवेशन निर्देशन समितिले आयोजना गरेको सभापति कप फुटबलमा संकटा क्लबले विजयी शुरुआत गरेको छ । त्रिपुरेश्वरको दशरथ रंगशालामा आज भएको उद्घाटन खेलमा संकटाले चर्च ब्वाइज युनाइटेडलाई ३–० गोलले हरायो । योसँगै संकटा सेमिफाइनलमा पुगेको छ ।

प्रतियोगितामा संकटा, चर्च ब्वाइजसहित मच्छिन्द्र क्लब, एनआरटी क्लब, नेपाल एपीएफ क्लब, नेपाल पुलिस क्लब, फ्रेन्ड्स क्लब र आयोजक नेपाल लोकतान्त्रिक खेलकुद सङ्घको बाग्मती युथ क्लब छन् ।

नकआउट चरणमा हुने प्रतियोगिता यही माघ १७ गतेसम्म चल्नेछ । प्रतियोगिताको विजेताले २६ लाख र उपविजेताले १३ लाख रुपैयाँ प्राप्त गर्नेछ ।

Sharing

प्रतिक्रिया दिनुहोस