• २०८१ जेष्ठ ६ गते आइतवार

नेकपा एमाले १५ वडा कमिटीको काठमाडौं महानगर प्रमुख शाक्यसगँ भेट

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

जेठ २०,, काठमाडौं । नेकपा एमाले १५ वडा कमिटीले आज काठमाडौं महानगर प्रमुख विद्या सुन्दर शाक्यसगँ भेट गरेको छ । नेकपा एमाले १५ वडा कमिटीका अध्यक्ष धावा रुम्बा, नेकपा एमाले महानगर कमिटीका सदस्य लक्ष्मण शाही, उद्दव खड्गी, राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सदस्य क्षेत्र नं ८ का उत्प्रेरक एवं नेकपा एमाले महानगर कमिटीका सदस्य निसार उद्दिन सहितले आज काठमाडौं महानगर प्रमुख विद्या सुन्दर शाक्यसंग भेटद्दाट गरेका हुन ।


भेटघाट कार्यक्रममा नेकपा एमाले १५ वडा कमिटीका अध्यक्ष धावा रुम्बाले नेकपा एमाले १५ वडा कमिटी एवं राष्ट्रिय युवा संघ नेपाल १५ वडा कमिटीले यस्तो कोभिड(१९को विषम परिस्थितिमा आफ्नो वडाबासीहरुको सुरक्षाको लागि समर्पित भइ गरिरहेको गतिविधि बारे जानकारी गराउनु भएको थियो। साथै नेकपा एमाले महानगर सदस्य लक्ष्मण शाहीले अहिले मानव जीवन रक्षाको लागि रोग मात्र नभई भोकले कोही पनि नमरोस भनेर नेकपा एमाले १५ वडा कमिटी एवं राष्ट्रिय युवा संघ द्वारा राहत वितरण कार्यक्रम गरिरहेको पनि जानकारी गराउनु भएको थियो ।

No description available.
काठमाडौं महानगर प्रमुख शाक्यले उक्त सबै जानकारी प्राप्त पश्चात नेकपा एमाले १५ वडा कमिटी एवं राष्ट्रिय युवा संघ नेपाल १५ वडा कमिटी गरेका कार्यहरु यस्तो विषम परिस्थितिमा उल्लेखनीय रहेको बताउनुका साथै यस्तो कार्य अरु वडा कमिटीहरुले पनि सिक्नुपर्ने पनि बताउनु भयो । नेकपा एमाले १५ वडा कमिटी एवं राष्ट्रिय युवा संघ नेपाल १५ वडा कमिटीले यस्तो विषम परिस्थितिमा गरेको कार्यमा काठमाडौं महानगरपालिकाबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता समेत जनाउनु भयो । साथै उहाँले नेकपा एमाले १५ वडा कमिटी एवं राष्ट्रिय युवा संघ नेपाल १५ वडा कमिटीद्वारा यस्तो विषम परिस्थितिमा स्वयंसेवक रूपमा परिचालित सम्पुर्णमा धन्यवाद ज्ञापन गर्नुका साथै सुरक्षित भइ अगाडि बढ्न निर्देशन दिनुभयो ।

No description available.

प्रतिक्रिया दिनुहोस