फागुन १९ , दाङ । दाङको बबईमा ११ वर्षीया बालिकामाथि सामूहिक बलात्कार भएको छ ।इलाका प्रहरी कार्यालय तुलसीपुरले बबई गाउँपालिका (५ ट्वाङखोलाकी ११ वर्षीया बालिकालाई सोही ठाउँका दुई किशोरले बलात्कार गरेको बताइएको छन् ।
मंगलबार बेलुका उनलाई ती किशोरहरुले कराएमा घाँटी काट्ने धम्की दिइ सामूहिक बलात्कार गरेका हुन् । बलात्कारका आरोपी क्रमश १२ र १३ वर्षका छन् । उनीलाई प्रहरीले नियन्त्रण लिएर अनुसन्धान थालेको छ भने अत्यधिक रक्तश्रापका कारण किशोरीको लुम्बिनी प्रादेशीक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।