• २०८३ मङ्सिर १३ गते शनिवार

साढे ९ लाख बराबरका धातुका मूर्ति बरामद

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन १८, रुपन्देही । सशस्त्र प्रहरीले नेपाल भारत सीमाक्षेत्र भैरहवाको बालापुरबाट भन्सार छलेर नेपाल भित्र्याउँदै गरेको लाखौं रुपैयाँका मूर्ति, कपडा, भाँडासहित एउटा गाडी बरामद गरेको छ । भैरहवास्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर २७ गण रुपन्देहीले भन्सार छलेर अवैध रूपमा नेपाल भित्र्याइएका लाखौं रुपैयाँका धातुका मूर्ति बरामद गरेको हो।

सशस्त्र प्रहरी उपरीक्षक भरत खनियाँका अनुसार सशस्त्रले लु १ ज ३५४९ नम्बरको गाडीबाट धातुबाट बनेका सानाठूला ३५ थान त्रिशुलसहित ६ सय ३७ थान मूर्ति, ४ सय ८ पिस जिन्स सट, १ सय ६ पिस लेडिज टाउजर, ६३ पिस स्टिलको पन्यूँ बरामद गरेको हो। बरामद भएका ती सामानको बजार मूल्य ९ लाख ४२ हजार रुपैयाँ भन्दा बढी छ।

यसबारे थप खोजी भइरहेको र बरामद गरेका सबै सामान र गाडी भैरहवा भन्सार कार्यालयमा पठाइएको सशस्त्र प्रहरीले जनाएको छ।

Sharing

प्रतिक्रिया दिनुहोस