• २०८३ बैशाख ८ गते मङ्गलवार

बालिकालाई करणी गरेको अभियोगमा एक पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ १९, ललितपुर। पाँच वर्षीया बालिकालाई करणी गरेको अभियोगमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार गोदावरी नगरपालिका-३ मोतिचौर बस्ने सप्तरी सोम्भुनाथ नगरपालिका-२ घर भएका २० वर्षीय राम आशिस सदालाई पक्राउ गरेको हो ।

गोदावरी नगरपालिका-३ मोतिचौरको निर्माणाधिन होटेल भवनभित्र सदाले आइतबार साँझ ती बालिकालाई करणी गरेको उनीमाथि आरोप लगाइएको छ । पक्राउ परेका उनीमाथि थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस