• २०८३ जेष्ठ २९ गते शुक्रवार

कांग्रेसले राष्ट्रियसभा सदस्य निर्वाचनमा अन्य राजनीतिक दलहरूसँग तालमेल गर्ने

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट
पुष २२, काठमाडौँ ।    नेपाली कांग्रेसले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनमा अन्य राजनीतिक दलहरूसँग तालमेल गरी निर्वाचनमा जाने निर्णय गरेको छ । कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको आज बसेको बैठकले सो निर्णय गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।
आजको बैठकमा महामन्त्री गगनकुमार थापा, सहमहामन्त्रीहरू फरमूल्लाह मन्सुर र जीवन परियारले आफ्नो धारणा व्यक्त गर्नुभएको थियो । कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि पुस २३ गते बुधबार बिहान ९ः०० बजे पुनः बस्ने मुख्यसचिव पौडेलले जानकारी दिनुभयो ।

Sharing

प्रतिक्रिया दिनुहोस