• २०८१ बैशाख ६ गते बिहिवार

महिलालाई जवरजस्ती गर्ने मुगुका एक व्यक्ति प्रहरीको फन्दामा

खड्क सुनार पढ्न लाग्ने समय : १ मिनेट

माघ २० मुगु । एकल महिलालाई जवरजस्ती गर्ने मुगुका एक जना ब्यक्ति लाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको पुर्वी करान भेगमा पर्ने मुगुम कार्मारोगं गाउपालिकाका वडा नं १ का वर्ष ५३ का कार्म तामाङ्ग लाई डोल्पामा प्रहरीले पक्राउ गरेको हो ।
तामाङ्गले त्रिपुरासुन्दरी नगरपालिका वडा नं ११ मुँ गाउँ बस्ने अन्दाजी बर्ष ४० की एकल महिलालाई बैंकबाट खाता खोलेर घर फर्कने क्रममा घोरबाडा जंगलमा हातपात गरि जवरजस्ती करणी गरेको डोल्पाका प्रहरी नायव उपरिक्षक राजु पाण्डेले जानकारी दिए । उनी डोल्पा जिल्लामा कपडा बिक्रि वितरण गर्दै हिँड्ने गरेका एक व्यपारी हुन । डिएसपि पाण्डेका अनुसार जवरजस्ती करणीक सुचना पाएपछि प्रहरी चौकी लिकु र प्रहरी चौकी त्रिपुराकोट सहित भएर स्थानीयको सहयोगमा तामाङ्गलाई पक्राउ गरि जिप्रका ल्याइएको बताए । घटनाका बिषयमा प्रहरीले थप अनुसन्धान अगाडि बढाएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस