• २०८३ बैशाख ११ गते शुक्रवार

उपत्यकामा निषेधाज्ञा खुकुलो पार्ने तयारी, सीडीओहरू छलफलमा जुट्दै

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ १८, काठमाडौं । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका जारी गरिएको निषेधाज्ञा केही खुकुलो पार्ने तयारी भइरेको छ । काठमाडौं उपत्यकाका तीनै जिल्लामा जारी निषेधाज्ञा केही समय थप गरिने तर खुकुलो पार्दै जाने विषयमा छलफल गरिँदै छ ।

उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरू आज  छलफलमा बस्न लागेको जनाइएको छ । सीडीओहरुले बैठकबाट निषेधाज्ञा केही खुकुलो बनाउने तयारी गरेका छन् । पछिल्लो समय कोरोना संक्रमण दरमा केही कमी आएपछि जारी निषेधाज्ञालाई खुकुलो पार्न सकिनेबारे छलफल हुन लागेको हो । पछिल्लो समय कोरोना संक्रमित घट्दै जान थालेपछि निषेधाज्ञा केही खुकुलो पार्ने तयारी भएको हो । तर पूर्ण रूपमा भने निषेधाज्ञा खोलिने छैन, केही साताका लागि थप्दै जाने र विस्तारै खुकुलो पार्दै जाने मोडालिटी तय हुने अड्कल गरिएको छ ।

यसअघि उपत्यकामा थपिएको निषेधाज्ञा  जेठ २० गते सकिँदैछ । अहिले भने निषेधाज्ञा कडा पारिएको अवस्था छ, खाद्यान्न तथा किराना पसल समेत खोल्न दिइएको छैन ।

Sharing

प्रतिक्रिया दिनुहोस