जेठ १८, काठमाडौं । नागार्जुन नगरपालिका वडा नं १ मा रहेको मानव सेवाआश्रम रानिबन शाखालाई नागार्जुन नगरपालिका वडा नं ३ ले सिरक, डसना र सिरानीहरु सहयोग गरेको छ । नार्गजुन नगरािसलका वडा नं. ३ ले मानव सेवाआश्रम रानिबन शाखालाई सिरक २३ थान, डस्ना २३ थान र सिरानी ४६ थान सहयोग गरेको हो ।

नागार्जुन नगरपालिका वडा नं ३ का अध्यक्ष प्रेमलाल श्रेष्ठले मानव सेवाआश्रम रानिबन नागार्जुन शाखालाई उक्त सहयोग प्रदान गर्नु भएको हो । मानव सेवा आश्रममा रहनु भएका लक्ष्मीनारायणहरुका लागि न्यानो कपडा वितरण अन्तरगत सिरक, डसना र सिरानी उपलब्ध गराएको वडा अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

“सबैका लागि खाना, नाना र छाना हाम्रो चाहना” भन्ने नाराका साथ मानव सेवा आश्रमले सडक मानवको सेवा गर्दै आइराखेकोमा आफ्नो वडामा रहेको यस संस्थालाई सानो सहयोग गरेको वडा अध्यक्ष श्रेष्ठले बताउनुभयो । यस्तै वडा अध्यक्ष श्रेष्ठले कोरोना संक्रमण भई खानाको समस्या भएमा वडा कार्यालयमा सम्पर्क गर्न पनि अनुरोध गर्नु भएको छ ।


