• २०८१ जेष्ठ ६ गते आइतवार

पोर्चुगलमा कोरोनाबाट एक नेपालीको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष १६, पोर्चुगल । कोरोना भाइरसबाट पोर्चुगलमा २७ वर्षीय नेपाली युवक तिलबहादुर रानाको उपचारका क्रममा मृत्यु भएको छ । साउ जोसे अस्पताल मार्तिमुनिज लिस्बनमा उपचाररत उनको कोरोनाका कारण मृत्यु भएको हो ।

विगत दुई वर्षदेखि पोर्चुगललाई आफ्नो कर्मथलो बनाउँदै आएका उनि तनहुँका हुन । विगत एक महिनादेखि निमोनिया र कोभिडको सङ्क्रमणबाट ग्रसित भई आइसोलेशनमा रही उपचाररत रहेका थिए ।

पोर्चुगलमा कोभिडका कारण नेपाली महिलाको उपचारको क्रममा मृत्यु भएको थियो । यससँगै कोभिडबाट मृत्यु हुने नेपालीको सङ्ख्या दुई भएको छ ।

प्रतिक्रिया दिनुहोस