• २०८१ जेष्ठ ६ गते आइतवार

राष्ट्रिय सभा बैठक शुक्रबार, सांसद र कर्मचारीको स्वाब सङ्कलन

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पुस १६, काठमाडौं । शुक्रबार राष्ट्रिय सभा बैठक बस्नु अघि राष्ट्रिय सभाका सदस्य तथा कर्मचारीको कोरोना परीक्षणको लागि स्वाब सङ्कलन गरिएको छ । सङ्घीय संसद सचिवालयले सांसदहरुका साथै सचिवालयका कर्मचारी, सुरक्षाकर्मी, सवारी चालक लगायतको स्वाब सङ्कलनको व्यवस्था गरेको हो ।

सङ्घीय संसद सचिवालयको स्वास्थ्य इकाईले राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिना, उपाध्यक्ष शशीकला दाहाल, गृहमन्त्री रामबहादुर थापा(बादल) लगायतको स्वाब सङ्कलन गरेको छ । भोलि बिहान बैठक बस्ने समय अघि उनीहरुको रिपोर्ट आइसक्ने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस