• २०८१ जेष्ठ ६ गते आइतवार

भेडा पाल्ने किसान, खाईदिने भालु

ग्वालो लाई भालुले गर्यो आक्रमण
खड्क सुनार पढ्न लाग्ने समय : २ मिनेट

पौष १६ मुगु । रारा राष्ट्रिय निकुञ्ज भित्र रहेको मध्यवर्ति क्षेत्रमा अन्तर्गत अवस्थित झ्यारि गाउँमा भालुको आतंक बढेको छ । सो गाउमा एक आमा र बच्चा सहित रहेको भालुले भेडि गोठमा हुलेर बसिरहेका भेडा बाख्रालाई एक्कासि गोठमा गई आकर्मण गर्दा दर्जनौं भेडा र बाख्राहरु मरेका छन ।

ति मध्ये केही शक्त्त घाइते भएका छन भने केही दर्जनौं भेडा बाख्राहरु बेपत्ता भएका छन । छायानाथ रारा नगरपालिका वडा नं ८ का भेडा किसान पदम रावलका २५, गान्दिरका ५, हरिका ५, र घुगुरे विकका ३ वटा भेडा बाख्रालाई मारेको झ्यारी गाउका स्थानीय रतन रावलले बताए । उनका अनुसार रारा राष्ट्रिय निकुञ्जबाट आएको भालुले झ्यारी गाउमा विगत देखिनै हाल सम्म आतंक मच्चाई रहेको बताए । भालुले झ्यारि समुदायका विभिन्न ठाउमा भेडा पाल्ने कूर्षक हरुको भेडा राख्ने गोठहरुमा गई आकर्मण गरेको देखिन्छ ।

ग्वालोलाई भालुले पर्छादा
छायानाथ रारा नगरपालिका वडा नं ८ का भेडा किसान हरि बहादुर रोकायालाई भालुले पछारेको छ । भालुले मारिसकेका मध्ये अन्य बाँकी रहेका भेडा वाख्रालाई बचाउन जान खोज्दा ठुलो भालुले पञ्जाले आफुलाई पछारेको दुखेसो पोखे । पञ्जाले पछारे पछि आफुले लगाएको कपडाको अगाडीको कपडालाई पुरै च्याति सकेको बताए । भालुले पछारे पछि शरीरको ढाड दुखि रहेको उनले दुखेसो पोख्दै भने ।


यता राष्ट्रिरय निकुञ्जका बन संरक्षक बद्री बिनोद ढकालले दिएको जानकारी अनुसार मान्छे घाइते भएको भनि जानकारी नआएको र यस्ता भालुको आकर्मणवाट क्षेति पुराएका भेडा बाख्रा मालधनीहरुलाई मध्यवर्ति क्षेत्र भित्रका सबैलाई दामासाहि हुने गरि भालुको आकर्मण रोकिए पछि कुल आन्तरिक कोष बाट छुटा्याईएको रु १ लाख रकम एकमुष्ठ सबैलाई भाग लगाई बितरण गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस