• २०८३ जेष्ठ ३ गते आइतवार

मातृभाषा पठनपाठनमा स्थानीय सरकार मौन :गैरसरकारी लाग्दै

खड्क सुनार पढ्न लाग्ने समय : ३ मिनेट

पौष १४, मुगु । हिमाली जिल्ला मुगुका चार वटा स्थानीय तहहरुले मातृभाषा पठनपाठनमा पछि हटेको पाईएको छ । कर्णालीका जिल्लाहरुमा बोलिने ग्रामिण भेगका भाषा लाई स्थानीय सरकारले यसमा नजर नदिदा पछिल्लो समय लोप हुने अवस्थामा रहेको हो ।

स्थानीय भाषा , सस्कृति लाई जोगाउन नसके पुर्खो नै हराउने यहाका भाषाविद्ध हरुको कथन रहेको छ । नेपाली भाषाको उद्ध्गम स्थल भएको यस प्रदेश जुम्ला , मुगु लगायत अन्य जिल्लाहरुमा बोलिने ति भाषाहरु पछिल्लो अबस्थामा लोप हुदै गएको पाईएको छ । यस भाषा लाई बचाई राख्न यहाका स्थानीय सरकार , राजनितिक दल , लगायत अन्य सरोकारवाला निकाय पछि हटेको उनीहरुको बुझाई रहेको छ । यहाका स्थानीय सरकारले आफ्ना गाउपालिका नगरपालिकामा , यस मातृभाषा सम्बन्धि पठनपाठन गरे यि भाषा नहराउने केही विज्ञहरुको विश्वास रहेको छ । मातृभाषा लाई बचाई राख्ने हो भने यहाका स्थानीय सरकारले मातृभाषा सम्बन्धि पठनपाठनको व्यवस्था गर्नु पर्ने जानकारी दिएका छन् । यसै चिन्ता चासो लाई मनन् गर्दे जिल्लामा सञ्चालित एक गैरसरकारी संस्था किडार्क नेपाल मुगुले मातृभाषा पठनपाठन तथा पुस्तक छपाईमा पाईला सारेको छ ।

यो सस्थाले जिल्लाका एक नगरपालिका र तीन गाउपालिका सँग समन्वय सहकार्य गरेर मातृभाषा पठनपाठनमा अघि बढेको छ । गत विहिवार जिल्लाका स्थानीय सरकारका प्रमुख , प्रशासकिय अधिकृत , विद्यालयका प्रधानाध्यापक , लगायत अन्य सरोकारवाला निकायहरुको सहभागितामा यस्तो बताईएको हो । शिक्षामा समता र समावेशि परियोजना प्रारम्भिक कक्षा सिकाई , मातृ भाषा माध्यममा शिक्षण सम्बन्धि अन्तरक्रिया कार्यक्रममा जिल्लामा रहेका स्थानीय सरकार अन्तर्गत सञ्चालन भएका सामुदायिक विद्यालयहरुले अनिवार्य रुपमा मातृभाषा पठनपाठन गरिनु पर्ने र प्रत्येक विद्यालयमा बालमैत्री , अपागंगता मैत्री विद्यालय भवन हुनु पर्ने किडार्क नेपाल मुगुका जिल्ला संयोजक टेक बहादुर शाहीको माग रहेको छ ।


उनका अनुसार त्यो सँगै स्थानीय सरकार बाट सञ्चालन हुने सामुदायिक विद्यालयमा अनिवार्य रुपमा मातृभाषा शिषणको व्यवस्था हुनु पर्ने बताए । यहाका स्थानीय सरकार छायानाथ रारा नगरपालिका , खत्याड गाउपालिका , सोरु गाउपालिकाले मातृभाषा सम्बन्धि पठनपाठनमा हाल सम्म कुनै पनि पाईला नसारेको सरोकारवालाहरुको बुझाई रहेको छ ।

कोभिड १९ को बाहना गर्दे उम्किने काम गरेको बझिएको छ । जिल्लाको एक मात्र छायानाथ रारा नगरपालिकाले अन्य भन्दा यो मातृभाषा पठनपाठनमा कुनै योजना नभएको नगरप्रमुख हरिजंग शाहीले बताए । त्यस्तै सोरु गाउपालिकाले सोरु शिक्षा ऐन २०७६ पारित गरेता पनि हाल सम्म शिक्षक नियुक्तीमा ८१ लाख खर्च गरेको सोरु गाउपालिकाका शिक्षा शाखा प्रमुख निर्मल देवकोटाले जानकारी दिए ।

उनका अनुसार ३ लाख रकम मातृभाषा पठनपाठन गर्ने भनि छुट्याईएको बताए । भने अन्य नगरपालिका र खत्याड गाउपालिकाले कुनै पनि योजना नबनाको बताएका छन् । मुगुम कार्मारोग गाउपालिकाले पाईला सार्दै मातृभाषामा । जिल्लाको पुर्वी करान भेगमा पर्ने मुगुम कार्मारोगं गाउवालिकाले मातृभाषा पठनपाठन लाई अघि बढाण्ने योजनमा रहेको छ । अन्य स्थानीय सरकारले यो विषयमा चासो नदिएता पनि मुगुम कार्मारोंग गाउपालिकालृ मातृभाषा पठनपाठनमा पाईला सारेको प्रमुख प्रशासकिय अधिकृत तिर्थ राज कठायतले बताए । उनका अनका अनुसार मातृभाषा पठनपाठनका लागि गाउपालिकाले पाठ्य पुस्तक निर्माणको लागि अन्तिम चरणमा पुगिसकेको जानकारी दिए ।

गाउपालिकामा यस्तो शिक्षा प्रदान गर्दा परम्परा देखि बोलिदै आएका भाषाहरु संरक्षण हुने र पछिल्लो पुस्ताले पनि भाषा लाई संरक्षण गर्न सकिने उनको तर्क रहेको छ । यो एक ज्ञान बर्धक कार्य पनि हो । यस्ता शिक्षण प्रदान गर्न लाई सम्बन्धित निकाय फिल्डमै गएर काम गर्न सहज बातावरण हुने थापाले सुझाव दिएका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस