• २०८३ जेष्ठ २६ गते मङ्गलवार

घाेडाघाेडी नगरपालिकामा भारतबाट आएका तिनजना क्वारेन्टाइनमा

राम बिश्वकर्मा  पढ्न लाग्ने समय : १ मिनेट

चैत १६, कैलाली ।कैलालीको घोडाघोडी नगरपालिका मा भारत बाट आएका ३ जना लाई क्वारेन्टाइनमा राखिएको छ । घोडाघोडी नगरपालिका वडा न ८ का तीन जना लाई घोडाघोडी नगरपालिकाले तयार गरेको क्वारेन्टाइनमा राखिएको हो ।

भारतको हल्दुवानी बाट आएका तीन जनालाई क्वारेन्टाइन मा राखिएको बताइएको छ । उनीहरुलाई १४ दिन सम्म क्वारेन्टाइनमा राखिने घोडाघोडी नगरपालिकाका निमित्त प्रशासकीय अधिकृत उमेश राज रेग्मीले बताए । कोरोना रोकथामको लागि भारत लगायत तेस्रो मुलुक बाट आएकाहरुलाइ पनि क्वारेन्टाइनमा राख्ने व्यवस्था गरिएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस