चैत १६, कैलाली । कैलालीको घोडाघोडी नगरपालिका मा सामान्य सर्जिकल माक्सको अभाव भएको छ । बिश्व भरि माहामारीका रुपमा रहेको कोराना भाइरस ( कोभिड १९) को संक्रमण रोकथाम तथा नियन्त्रणका लागी घोडाघोडी नगरपालिका स्वास्थ्य शाखामा सुरक्षाका स्रोतसाधन नभएको स्वास्थ्य शाखा प्रमुख कैलाश रावतले जानकारी दिनु भएको छ।

स्वास्थ्य शाखामा सुरक्षाका साधनहरु सेनिटाइजर, सर्जिकल माक्स, हेनसन टाइजर लगायतका स्रोतसाधन नभएको बताइएको छ । आफुहरु संग स्टक स्रोत साधन नभएको स्रोतसाधन जुटाउन समय लाग्ने भएकाले एक्कासी माहामारी अवस्था सिर्जना भएकाले यस्तो समस्या सिर्जना भएको स्वास्थ्य शाखा प्रमुख रावतले बताए । हालसम्म घोडाघोडी नगरपालिकामा ५२ जनालाइ कोराना भाइरस बारे परार्मश दिएको बताइएको छ ।