श्रावण १३, काठमाण्डौं । नेपाल प्रहरीका प्रवक्ता निरजबहादुर शाहीका अनुसार २३ जनामा संक्रमण पुष्टि भएको हो । हेडक्वार्टरमा कार्यरत चार जनामा आइतबार कोरोना संक्रमण पुष्टि भएको थियो । उनीहरुको सम्पर्कमा आएकाहरुको परीक्षणका क्रममा थप संक्रमित भेटिएका हुन् ।
संक्रमित हुनेहरुमा चालक, मेकानिक्स र मेसमा काम गर्नेलगायत छन् ।