• २०८१ जेष्ठ ६ गते आइतवार

थप ४८१ जनामा कोरना संक्रमण , संक्रमितको संख्या २ लाख ५८ हजार १८१जना

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पुष १२, काठमाडौं । थप ४८१ जनामा कोरना संक्रमण , संक्रमितको संख्या २ लाख ५८ हजार १८१जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका  अनुसार ३ हजार ८ सय २८ नमूना परीक्षण गर्दा ४ सय ८१ जना नयाँ कोरोना संक्रमित थपिएका हुन् । आज थप ६ जना को मृत्यु भए संगैमृत्यु हुनेको संख्या १८ सय२५ जना पुगेको छ ।  यो सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ५८ हजार १८१ पुगेको छ ।

काठमाडौं उपत्यकामा २०८ संक्रमित थपिए

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टा २०८ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार भक्तपुरमा ६, ललितपुरमा २७ र काठमाडौंमा १७५ गरी कुल २०८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

प्रतिक्रिया दिनुहोस