मंसिर १२, काठमाडौँ । भूकम्पपछिको पुनर्निर्माण र पुनर्स्थापनामा भएका उपलब्धीबारे काठमाण्डौमा छलफल सुरु भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले हासिल गरेका उपलब्धीबारे अन्तर्क्रिया तथा अभिलेख गर्न वेबमा आधारित सेमिनार आयोजना गरिएको हो ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले तयार गर्न लागेको आफ्ना संस्थागत पत्र कम्पेण्डियमको तयारीको सिलसिलामा तयार गरिएको प्रारम्भिक खाकाबारे छलफल गर्न र मुख्य सरोकारवाला, विज्ञ तथा अभ्यासकर्ताहरुबाट सुझाव तथा टिप्पणीहरु प्राप्त गर्न कार्यक्रमको आयोजना गरिएको हो ।
सेमिनारको पहिलो दिन आज निजी आवास, सांस्कृतिक सम्पदा र सार्वजनिक भवन तथा पूर्वाधार गरी तीनवटा विषयगत अध्यायमा प्रस्तुतीकरण र छलफल हुँदैछ । भोलि दोस्रो दिन बाँकी तीनवटा विषयगत अध्यायहरुमा छलफल हुनेछ ।
उक्त सेमिनारमा विभिन्न विकास साझेदार संस्थाका अधिकारी एवं प्रतिनिधिहरु, अन्तर्राष्ट्रिय विज्ञहरु, विज्ञ तथा अभ्यासकर्ताहर, नागरिक समाज तथा गैरसरकारी संस्थाका प्रतिनिधिहरु लगायतको सहभागिता रहेको जनाइएको छ ।