• २०८३ असार ११ गते बिहिवार

कोरोना विशेष अस्पतालमा आगलागी, ५ जना बिरामीको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर १२, भारत। भारतको गुजरातमा पर्ने राजकोट जिल्लास्थित एक कोरोना विशेष अस्पतालमा आगलागी भएको छ । बिहीबार राति भएको आगलागीमा परी कम्तीमा ५ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । मृतक सबै कोरोना संक्रमित बिरामी रहेको बताइएको छ ।

दैनिक भास्करका अनुसार उक्त आगलागीको घटना बंगला चौराहाको नजिकै रहेको उदय शिवानन्द कोभिड अस्पतालको आइसीयू वार्डमा भएको हो । सो क्रममा जलेर घाइते भएका एक बिरामीको स्थिति गम्भीर रहेको बताइएको छ । विद्युत सर्ट भएर आगलागी भएको प्रारम्भिक अनुसन्धानले देखाएको भए पनि थप अनुसन्धान भइरहेको त्यहाँको प्रहरीले जनाएको छ ।

सो घटनामा ज्यान गुमाउनेमा रामसिंह भाई, नितिनभाई बदानी, सिकलाल अग्रावत, संजय राठौर र केशुभाई अकबरी रहेको बताइएको छ । अस्पतालमा कोरोनाका ३३ बिरामीको उपचार चलिरहेको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस