पौष ११, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका नेता तथा नवनियुक्त ऊर्जा, जलश्रोत ताथा सिँचाइ मन्त्री टोपबहादुर रायमाझीले केपी ओलीलाई पर्छाछु भनेर लागेकाहरू आफै पछारिएको बताएका छन ।
शनिबार ललितपुर १ नं.निर्वाचन क्षेत्रमा भएको नेकपाको बृहत् भेलालाई संवोधन गर्दै मन्त्री रायमाझीले आफ्नै सरकार ढालेर प्रधानमन्त्री र पार्टी अध्यक्ष हुन खोज्नेहरू आफै ढलेको बताए । उनले, ‘केपी शर्माओलीलाई पछारेर प्रधानमन्त्री र पार्टी अध्यक्ष हुन खोज्नेहरू आफै पछारिएर सडकमा पुगे ।’
उनले प्रतिपक्षीले पनि नगर्ने व्यवहार गरेर आफ्नै सरकार ढाल्न खोज्ने र हात खुट्टा बाँधेर काम गरेन भनेर चिच्याउनेहरू पराजित भएको बताए । उमले पुष्पकमल दाहाल र माधव नेपाल प्रतिलक्षित गर्दै भने, ‘तपाइहरूँ जस्तो नेता बनाउन धेरै लगानी परेको छ, चिसो सडकमा बस्न छोडेर फर्कनुहोस् तातो सोफामै राखौँला ।