पौष ११,काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०को प्रभावशाली विद्यार्थी संगठन अनेरास्ववियूका संयोजक ऐन महरले कुनै पनि जनवारको पुच्छरले शरिर कहिले पनि हल्लाउन नसक्ने बताउँदै बजारमा चलाईएको स्याल हुँइयाको पछि लगाग्न आग्रह गर्नुभएको छ ।
पार्टीभित्र चरम विवाद सिर्जना भई एकता भंग हुने चरणमा रहेको वर्तमान अवस्थामा फुटेर जाने केही झुण्डहरुको कुनै पनि अस्थित्व नरहेको उल्लेख गर्नुभयो । पुष्पकमल दाहाल प्रचण्ड तथा माधव कुमार नेपालको गुटको विद्यार्थीको नेतृत्व गरिरहेका रञ्जित तामाङले संयोजक महरलाई कारवाही गरेको प्रचण्ड माधवको गुटलाई पत्र पठाएको प्रति लक्षीत गर्दै संयोजक महरले आफुलाई कारवाही गरेको स्यालले बाध मारे भनेर बजारमा स्याल हुँइया बच्चाए जस्तो मात्र भएको टिप्पणी गर्नुभयो । उक्त कुरा हास्यास्पद भएको उल्लेख गर्दै उहाँले संगठनको दोस्रो पूर्ण केन्द्रीय कमिटीको बैठकमा सहभागि हुन अपिल गर्नुभयो ।
उहाँले आफ्नो सामाजिक सञ्जालमा भन्नुभएको छ, ‘स्यालले बाघ मारें भनेर स्याल हुँइया गरेछ बजारमा कसले पत्याउने रु हांस्यास्पद १ साथिहरु कोही पनि भ्रममा नपरी अनेरास्ववियू केन्द्रीय कमिटीको जारी दोस्रो पूर्ण बैठकमा सहभागी बनौं गुट्फुट र स्याल हुँइया को पछि नलागौं ।’