• २०८१ बैशाख १६ गते आइतवार

तपाईको आज

खबर२४ नेपाल पढ्न लाग्ने समय : ३ मिनेट

२०७७ भदौ १० गते बुधबार

मेषः संकल्प गरेको काम सफल हुनेछ,स्वास्थ्य प्रति सजक हुन एकदमै जरूरी छ ,आर्थिक समस्या पर्ने छ,झगडा पनि हुनसक्छ,आजको शुभ अंक ४ रहेको छ । जीवन साथीको सल्लाहमा गरिएको कार्यमा अधिक सफलता मिल्ने छ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउने छ । स्वादिष्ट भोजन पनि पाइने छ ।

बृषः गोपनीयतामा ख्याल गर्नु होला,केही कुरा बोल्नु अगाडि विचार गर्नुहोला,छरछिमेकमा भने केही असमझदारी बढ्ने योग छ,आर्थिक समस्या पर्ने छ,आजको शुभ अंक ७ रहेको छ । बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिने छ । बोलीको भरमा कार्य सम्पादन हुनेछ । नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ ।

मिथुनः आज इच्छा र आकांक्षा पूर्ण हुनेछन् । ठूला व्यक्तिले तपाईका मेहनतको प्रशंसा गर्नेछन् । धनार्जनका नयाँ योजना र स्रोतहरू पत्ता लाग्ने छन् । मेला, उत्सव, भिडभाड बाट बच्नु होला,बोलीको विपरीत अर्थ लाग्न सक्छ संयम रहनु होला,अप्रिय घटना हुनसक्छ, मानसम्मानमा बढ्नेछ,आजको शुभ अंक ७ रहेको छ ।

कर्कटः आज काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । आकस्मिक धन लाभ पनि हुनेछ । महिला वा मित्रबाट विशेष साथ र सहयोग मिल्ने छ । विगतका कमि कमजोरीले गर्दा हेपिनु पर्छ भने बन्न लागेको काम बिग्रिने छ,गौ माताको पूजा गर्नाले शुभ कार्यमा सफलता पाइन्छ,आजको शुभ अंक ३ रहेको छ ।

सिहंः आज आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । साहित्यिक क्षेत्रमा रूची बढ्ने छ । पारिवारिक साथ, प्रेम, सद्भाव र स्नेह बढ्ने छ । किनमेल गर्दा सजग रहनु होला झुटको आरोप लाग्न सक्छ,पशुधन र जमिनबाट सामान्य लाभ उठाउन सकिनेछ,पति पत्नी बिचमा मन मुटाव हुनेछ,आजको शुभ अंक १० रहेको छ ।

कन्याः आत्मिक सन्तुष्टि मिल्नेछ । एउटै कामबाट दोहोरो लाभ मिल्ने छ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिने छ । तीर्थाटनको योग पनि छ । आफन्तको विश्वास पर्दा धोका हुनेछ,खर्च बढ्नुका साथै आर्थिक संकटले सताउन सक्छ,पेटको खराबीले स्वास्थ्य भने कमजोर रहला, आजको शुभ अंक १ रहेको छ ।

तुलाः लामो समय देखि तनाव रहेको काम बन्ने योग देखिन्छ,बेलुका पारिवारिक जीवनमा अनावश्यक किचलो र विवाद हुने सम्भावना छ, आज अकस्मात् धन सम्पत्ति हात पर्नेछ । धर्म कर्म, परोपकार, समाज सेवा जस्ता कार्यमा मन लाग्नेछ । शुभकार्यको चर्चा पनि चल्ने छ । आजको शुभ अंक ५ रहेको छ ।

बृश्चिकः नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ । दैनिक कार्यमा प्रगति हुनेछ । जोश, जाँगर र हिम्मत बढ्ने छ । रमणीय र सुखद् यात्राको योजना बन्ला । अर्काको विश्वास पर्दा आत्मा घाती हुनेछ,घर–गृहस्थीमा भने समस्या आउन सक्छ,बौद्धिक चिन्तन वा विचारले धेरैलाई आकर्षण गर्ने समय छ,आजको शुभ अंक ४ रहेको छ ।

धनुः आज मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । लामो समयदेखि रोकिएका अधुरा कार्यहरू पुरा हुनेछन् । पारिवारिक साथ र सहयोग मिल्ने छ । मनमा कुरा खेलाउदा काम बिग्रिन सक्छन,अपमान वा अपजस सहनु पर्ने हुनसक्छ,घरायसी वातावरणमा केही धमिलोपन आउने छ, आजको शुभ अंक २ रहेको छ ।

मकरः गरेको काममा ढिलासुस्ती हुनेछ दबाब र तनाव बढेको महसुस हुनेछ । पारिवारिक समस्या आइपर्ला । विचार गरेर निर्णय लिनु उचित होला । गुप्त रोगले सताउने छ,बोलीमा विचार पुराउनु होला,अनावश्यक धन खर्च हुँदा मानसिक चिन्ता वढ्नेछ,पारिवारिक जीवनमा मतभेत रहनेछ,आजको शुभ अंक ६ रहेको छ ।

कुम्भः शुभ समाचार सुन्न पाइनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्ने छ । आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिने छ । घरमा अतिथीको आगमन हुनेछ । यात्रा गर्दा अपमानित हुनुपर्ला,उठ्नुपर्ने रकम हातलागी भए पनि तत्काल खर्चनुपर्ला,आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ,आजको शुभ अंक ९ रहेको छ ।

मीनः आजको दिन प्रतिकूल समय छ, संयम रहनु होला । बोलीको विपरीत अर्थ लाग्न सक्छ । जिद्दीपनाले गर्दा काम बिग्रने र प्रेममा मनमुटाव आउला । सुरक्षाकर्मी बाट अपमानित हुनुपर्ला,झैझगडा र विवादमा सरिक हुनु पर्नेछ,सहयोगीहरूले काममा साथ दिनेछन्,बोली एवं व्वहारमा सक्दो नियन्त्रण राख्नु होला,आजको शुभ अंक ८ रहेको छ ।

प्रतिक्रिया दिनुहोस