• २०८३ बैशाख १५ गते मङ्गलवार

गजल !”कोई अन्धा भक्त बनेर टाउको हल्लाउँछन”

सुरेशकुमार पान्डे पढ्न लाग्ने समय : १ मिनेट

कोई अन्धा भक्त बनेर टाउको हल्लाउँछन,
आफ्नो खाडल खनेर टाउको हल्लाउँछन।

सरकार पनि यस्तै यस्तैको रैछ समाजवादी,
अब्बल कम्युनिष्ट ठनेर टाउको हल्लाउँछन।

राजनीति लाईन पासभयो भन्दै खुसि हुँनता,
अन्धभक्त हरुलाई गनेर टाउका हल्लाउँछन।

यस्तो पनि त कम्युनिष्टहुँदारैछन नेपाल भित्र,
पद लो-लुप्ता मात्र छनेर टाउका हल्लाउँछन।

कता कति अरु लाई पनि सङ्का थियो उन्को,
आसे पासे अली थोरै तनेर टाउका हल्लाउँछन।

छन बडी झोला छाप गासेहरु कान चिरेका झैँ,
छाँया बनि जी हजूर भनेर टाउका हल्लाउँछन।

Sharing

प्रतिक्रिया दिनुहोस