वैशाख ३०,मोरङ। मोरङको बुढिगङ्गा गाउँपालिकामा सडकको रिटेनिङ वालको काम रोक्न माग गर्दै बिजुलीको हाइटेन्सन लाइनको पोलमा चढेका युवक ११ घण्टापछि ओर्लिएका छन् । वडा नं. ७ डंग्राहाका ४० वर्षीय दिनेश कुमार माझी सडकमा निर्माण भइरहेको रिटेनिङ वालको गुणस्तर कमसल भएको विरोधमा १ लाख ३२ हजार भोल्टको हाइटेन्सन पोलमा चढेका थिए ।

अध्यक्ष र उपाध्यक्ष सहित गाउँपालिकाका जनप्रतिनिधिहरूले उनको माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएपछि उनी सकुशल पोलबाट ओर्लिएका हुन् ।