• २०८३ भाद्र १२ गते शुक्रवार

विश्वका १० अधिक प्रदुषित सहरको सूचीमा कराची, लाहोर सूचीकृत

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष ८, इस्लामावाद । कराची र लाहोर फेरि विश्वको सबैभन्दा बढी प्रदुषित सहरको सूचीमा सूचीकृत भएका छन् । हावाको गुणस्तरका आधारमा शीर्ष १० सहरको सूचीमा पाकिस्तानका दुई मख्य सहर कराची र लाहोर सूचीकृत भएका हुन् ।

उक्त सूचीमा लाहोर छैठौं स्थानमा छ भने कराची चौथो स्थानमा रहेको छ । पहिलोमा किर्गिजस्तानको बिश्केक, दोस्रोमा बंगलादेशको ढाका र तेस्रोमा मंगोलियाको उलानबातर रहेका छन् । संयुक्त राज्यको वातावरणीय संरक्षण एजेन्सीले वायु गुणस्तर ५० एक्युआई भन्दा कम भएमा सन्तोषजनक मानिन्छ । कराची र लाहोरमा वायुको गुणस्तर क्रमशः १८३ र १७० एक्युआई रहेको छ । यो अत्यन्तै अस्वस्थकर वायुको रुपमा मानिन्छ ।

द न्युज इन्टरनेसनलका अनुसार धुवाँ कम गर्न प्रान्तीय प्रकोप व्यवस्थापन प्राधिकरण (पीडीएमए) ले डिसेम्बर १२ सम्म १, ७१८ इट्टा भट्टा, २ हजार ६५८ उद्योगहरु र ११ हजार ७८२ बढी धुवाँ गर्ने सवारीसाधनहरु सञ्‍चालनमा रोक लगाइएको छ । नोभेम्बर २२ देखि वातावरण संरक्षणको लागि प्रान्तीय सरकारले जारी गरेको निर्देशन उल्लंघन गर्ने ५४४ जनालाई पीडीएमएले पक्राउ गरेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस