• २०८२ जेष्ठ ३० गते बिहिवार

बाजुरामा भालुको आक्रमणमा परी एक जना घाइते

पढ्न लाग्ने समय : २ मिनेट
  • राजेन्द्र बहादुर रोकाया

माघ ९, बाजुरा । बुढिगंगा नगरपालिका ९ माथिल्लो कभ्रितोलाका दिपकबहादुर शाह भालुको आक्रमणमा परी घाईते भएका छन् । बुधवार दिउसो आफ्नै खेतबारी नजिकै दाउरा लिन जाने क्रममा भालुको आक्रमणमा परेको बुढिगंगा नगरपालिका कार्यपालिका सदस्य एवं प्रबक्ता मायाशाहले बताएकी छन् ।

जुमला काफल ओखलतोला भन्ने ठाउँमा दाउरा चिर्न जाने क्रममा दिपक शाह घाईते भएका हुन् । उनको टाउको पिठ्युँ हातखुट्टा लगायत शरिरका बिभिन्न अंगमा घाउ लगाएको छ । “म दाउरा लिन हिडिरहेको थिए एक्कासी भालु माथिबाट टाउकोमा झम्टेको थाहै पाइँन म भाग्दै थिए लखेटी लखेटी घाईते वनायो, म बेहोस भएर लडें त्यसपछि कसले उठाएर ल्याए, वयालपाटा अस्पताल पुगेपछि होस खुल्यो घाईते दिपकले बताए ।” घाईतेको उचारका लागि वयालपाटा अस्पताल पठाइएको थियो ।

टाउकोको सिटिस्क्यान गर्नपर्ने भएपछि थप उपचारका लागि कोहलपुर पठाएको प्रबक्ता शाहले बताएकी छन् । बुधवार दिउसो बानियाँगणा भन्ने ठाउमा स्याउला (रुखवाट झरेका सुखापात) लिनजानेक्रममा राजमतीवानयिँलाई भालुले झम्टेको थियो । राजमतीले भन्नुभयो पिठ्युमा बोकेको डोको भालुले लुछ्दा आफु बचेकी हुं हामी १०-१२ जनी स्याउलारीको जमात हुंदा हकाउदा भालु भागेको थियो । त्यसको लगत्तै दिपक शाहलाई आक्रमण गरेछ राजमतीले भनिन।

“जंगली जनावरको आक्रमणमा परी घाईतेलाई उपचार खर्च दिने कानुनी ब्यबस्था रहेको तर फोटो सहित प्रहरी प्रशासनको मुचुल्का सिफारिस सहित डिभिजन वन कार्यालयमा ३५ दिन भित्र निवेदन दिनु पर्छ ।” डिभिजन वन कार्यालय बाजुराका प्रमुख भिमप्रसाद कंडेलले बताएका छन् । “सामान्य घाईतेलाई २० हजार रुपैंया अंग भंग भए दुई लाख रुपैंया र जंगली जनावरको आक्रमणमा परि मृत्यु भए १० लाख रुपैंया वरावर क्षेतीपूर्ती दिन मिल्छ । त्यसै गरी बाली नालीमासे वापत १० हजार क्षेतीपूर्ती दिन मिल्ने कानुनी ब्यबस्था छ ” डिभिजन वन कार्यालय बाजुराका प्रमुख कंडेलले बताए । तर चोरी सिकारी गर्नेक्रममा घाईते वा मृत्यु भएमा भने यो नियम लागू नहुने कंडेलले थपे ।

बाजुराको साविकको बाह्रविस गाविस नजिकको जंगलमा वर्सौनी जंगली जनावर भालुको आक्रमणमा परी बर्षेनी दर्जनौ मानिसले घाईते हुनुपरेको छ। भने भालु आक्रमणकै कारण कयौंले ज्यान पनि गुमाईकेका छन् । गाउँघर नजिकै कुहीरीको झाड अनि घनाझाडी र ओडार बढि हुदा भालुको बास स्थान पनि बढि हुने गरेको र मेलापात जाने क्रममा मानिसहरु भालु आक्रमणमा बढि परेको स्थानीयले बताउदै आएका छन ।

प्रतिक्रिया दिनुहोस