• २०८३ असार १७ गते बुधवार

गजल! “अहिले ता कयौँ मरेका छन तिहार के मनाउँ”

सुरेशकुमार पान्डे पढ्न लाग्ने समय : १ मिनेट

अहिले ता कयौँ मरेका छन तिहार के मनाउँ,
आपत-बिपतमा परेका छन तिहार के मनाउँ।

कोरोनाको कहरले देश र दुनियाँ भरी खौफ,
काम बिहिन भै झरेका छन तिहार के मनाउँ।

छैन रोजगार परदेशी खान लाई मात्र मज्दुर,
भोकैमर्छौ भनी डरेका छन तिहार के मनाउँ।

मेला पर्वको बेलामा परदेशको गल्लि गल्लि,
यसरी सडकमा सरेकाछन तिहार के मनाउँ।

लुट्न छाडेन सरकार भ्रष्टचारले बिजोकछन,
समानताकै भ्रम छरेका छन तिहार के मनाउँ।

यो अबस्था गरिबलाई सहयोग दिनुको साटो,
उल्टै पसिना नि हरेका छन तिहार के मनाउँ।

Sharing

प्रतिक्रिया दिनुहोस