• २०८२ असार २४ गते मङ्गलवार

हतियार सहित एक जना पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर १५, बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्‍ज सुरक्षार्थ तैनाथ नेपाली सेना र निकुञ्‍ज कार्यालयका कर्मचारी सहितको संयुक्त गस्ती टोलीले एक जनालाई हतियार सहित पक्राउ गरेको छ । बर्दिया राष्ट्रिय निकुञ्‍ज सुरक्षार्थ तैनाथ श्री देवीदत्त गण र निकुञ्‍ज कार्यालयका कर्मचारी सहितको संयुक्त गस्ती टोलीले बुधबार CC TV फुटेजको आधारमा बाँसगढी नगरपालिका वडा नं. ८, बनगाँईस्थित स्थानीयको घरबाट उक्त हतियार फेला पारी उनलाई पक्राऊ गरेको हो ।

गस्ती टोलीले बुधबार बर्दिया जिल्ला, बाँसगढी नगरपालिका वडा नं. ८ स्थित बनगाँई ईलाकाबाट लुकाई राखेको अवस्थामा एक थान भरुवा बन्दुक नाल, भरुवा बन्दुकको जगेडा ब्यारोल गोटा एक, भरुवा बन्दुकको बारुद भर्ने गज गोटा एक, बारुद १५ ग्राम, डेटोनेटर गोटा आठ, भरुवा बन्दुकको केप गोटा २१, भरुवा बन्दुकमा प्रयोग हुने ठुलो छर्रा गोटा ६५, भरुवा बन्दुकमा प्रयोग हुने सानो छर्रा गोटा ४५ र भरुवा बन्दुकमा प्रयोग हुने गोली गोटा एक सय ७५ वटासहित ती ब्यक्तिलाई पक्राउ गरेको हो ।

पक्राउ परेका व्यक्तिलाई आवश्यक कारवाहीको लागि बर्दिया राष्ट्रिय निकुञ्‍ज कार्यालयलाई बुझाएको सेनाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस