आगनीको सेरो फेरोमा फुलहरु फुलेर भरीलो देखिन्छन । मसिनो बतासले ति सौपत्रिका थुँगाहरुलाई बिस्तारै चलाएको देख्दा निर्मली का दुबै आँखा उतै घुम्छन । अलि बेर फुलहरु लाई नियाल्दा उस्का आँखाबाट आँसुको ठुला ठुला ढिकाहरु खस्छ । नजीकै बसेकी आमाँ पनि निर्मलीको आँसु खसेको देखेर भाभुक हुँदै उठेरे निर्मलिलाई अँगालो हाल्छिन।कति खेर त्यो मसिनो चिसो सिरीटोले एउटा आँधीको रुप धारण गय्रो आमा छोरीलाई हेक्कै भएन ।
आखिर मानिसलाई जति पिर मर्का मन मुटुमा परेपनि त बाँच्नै पर्दो रहिछ । नजिकै आएको दँसै र तिहारले सदै अजयको त्यो हँसिलो मुहारलाई घुमाई फिराई निर्मली र उस्को आमाको आँखामा ल्याई दिन्छन । घरको कहाली लाग्दो अबस्थाले परदेश गयको अजय परारको बर्ष मलेसियामा कार्यारत थियो।घरमा आमा छोरीले सदै अजय घरफर्किने ईनै आँखाले बाटो कुरेर बसेकाथिए तर त्यो दिन कहिले आईन आयो त उस्को मृत्युको खबर । अपत्यार लाग्दो न लाश थियो न उस्को कतै जिवित हनूहार मात्र आँखाको सपना र त्यो आँसुको भेल । जस्लाई अँझै त्यो खबरमा बिस्वाश थिएन।कास त्यो खबर मात्र झुट हुँन्थ्यो,आँसुको बलेनी अब यो जिवनभरीको उपहार थियो । त्यो दिन आजपनि निर्मलीको आँखामा जलजलि आउँछ जब उस्ले आगनको डिलमा फुल लगाउँदै थिए । आमा एकदीन यो आगनी ओरी परी फुलै फुल हुँनेछ। अनि मेरो दाई त्यो फुलको माझमा उभिएर सेल्फी खिच्नेछ भन्दै निर्मलि फनक्कै घुम्छे अना आमालई अँगालोम बेर्छे । हो त्यही त रह्यो तिमि दुई भैनाको कामरुजा छिट्टै गाई भोकाए घाँस हाल्देर आईज आमाले उस्लाई कृतिम प्रकारले धम्काउँदै भन्छीन।उ दौडेर घाँस डियाँको अगाडी राखेर फेरी त्यही आफ्नो फुलको बगैचामा बिभिन्न खालका बेर्नाहरु लगाउँन थाल्छे।
नीर्मली पढाई लेखाईमा पनि अब्बल थि आफ्नै दाई जस्तै,उस्ले आफ्नो बैनीलाई सदैभरी आफ्नो आँखाको नानी जस्तै सम्झिन्थ्यो।दुई भैनाको मायाँ अच्काली गहिरो थियो।यो देखेर आमालाई सदै गर्वले छाति चाक्लो हुँन्थ्यो।अजयको बाबा मर्ने बेला धेरै रीण थियो तरपनि अजयले कमाएर त्यो सबै चुक्ता गरीसकेको थियो।दाई छिट्टो घर आउँनुस है १भिडियो कालमा दुई भैनका कुरा हुँदा,म घर आएपछि तँलाई घरबाट भगाउँछु नी१अजयले ठट्टा गर्थ्यो अनि खिसिक्क हाँस्थ्यो।भो म तँ सँग बोल्दैन भन्दै निर्मलीले फोन काटी।अजयले छिट्टै आएर निर्मलीको बिबहा गर्ने भन्दै थियो मेरो बैनी अब ठुली भई सकेकिछ । यसको बिहे धुमधाम सँग गर्छु , भन्दा अजयका आँखा रसाउँथे उ भाभुक हुँन्थ्यो।यस्तो दुबै भाई बैनीको मायाँ आहा देख्ने लाएक थियो।एकछिनपछी निर्मली भाईर निक्लिन्छे।
एकैछिन आएको त्यो आँन्धी र तुफानले सबै फुलहरु उजाडेर गएछ । जस्तै निर्मलीलाई अब त्यो फुलको आबस्याकता नै थिएन । उसले फेरी भाईर त्यो प्राकृताकले तहस नहस पारेको फुल तिर गम्भिर दृष्टी ले नियाल्छे जो भर्खर आँसुमा डुबेका थिए र अँझैपनि रसाई रहेका थिए१त्यो ढलेका फुलहरु बाट उस्को दाई अजय ले फेरी बोलाउँछ१बैनी निर्मला आफ्नो बगिजा फेरी सजाउँ मेरो लागी होईन आफ्नो लागी,तिम्रो मेरो आमाको लागी र हामिले देखेको त्यो सपनाको लागी उस्ले चारै तिर नियाल्छे अजय देखिदैन भर्खर उस्को कानमा बोलेर गयो अनि अदिश्य भयो त्यो हँसिली मुहार,आँसुको ढिक्का बनेर जिवन भरीका लागी । (यो कथा काल्पनिकहो यसका पात्र हरु र उनका नाम सँग कसैको जिवन र नामहरु मेलखान गएकोमा मात्र सञ्जोग हुनेछ।)