• २०८३ बैशाख ५ गते शनिवार

ट्रोलको सिकार भएपछि दुर्गेशले ल्याए ‘आलु जस्तो गायक’(भिडियो)

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ ५, काठमाडौँ । गायक दुर्गेश थापाले ‘आलुजस्तो गायक’ गीत सार्वजनिक गरेका छन् । गीत इनाक्छी इन्टरटेनमेन्टबाट सार्वजनिक भएको हो । गीतको शब्द तथा संगीत बसन्त थापाले गरेका हुन् । एक अन्तरवार्तामा दुर्गेश ट्रोलको सिकार भएपछि यो गीत सार्वजनिक भएको हो । गीतको भिडियोमा दुर्गेशले आफू केही नसिकी संगीत क्षेत्रमा आएको भन्ने सन्देश देखाएका छन् ।

उक्त गीतको भिडियोमा नायक पल शाह, पुष्प खड्का र सरिका केसीको अभिनय तथा डान्स छ । गीतको भिडियो शिव विकको निर्देशन तथा कोरियोग्राफि रहेको छ ।

 

Sharing

प्रतिक्रिया दिनुहोस