कृष्णा र रवीका दुई भाई छोरा र उत्ति छोरी पनि थिए।चार भैनाको प्रवरीश मा रवीले के-के गरेन उस्ले आर्काको होलो जोत्यो कृणाले मेला पात गरिन अरुको निमेक गरेर ति बच्चाहरु हुर्काएका थिए।कृष्णालाई उतिवेलाको समाजले पढाउँन मानेन् छोरीको जातलाई पढाएर के गर्ने आखिर आर्काको घर जाने जात नै हो।भन्ने सामाजिक मान्याता भन्दा भाईर कृणाका आमा बा पनि गएनन। रवी भने गरिबीले गर्दा स्यानैमा लाहुरे भयो र बाल मज्दुरी गर्थ्यो।उनिहरूको बिचमा बिबहा भयपछि दुबै जनाले ज्यान त्यान आफ्ना बच्चाहरुलाई पढाउँने प्रयास गरे।छोरा छोरीले पढाउँदा उनिहरुको जिवन भरीको पुँजी ले पुगेको थिएन र केहि रिन गरेका थिए यो आसा मा कि छोराहरुले भोली राम्रो नोकरी पेसा गरेर त्यो रिन तिर्छन।
बैँक बाट लोन लिएर उनिहरुलाई आँखा देख्न सक्ने बनाएका थिए।छोरीहरुको बिबहा भयो त्यसको पनि रिण नै थियो।छोराहरुको पनि बिबहा भयो त्यसमापनि त रिणनै लागेको थियो।बुढा र बुढीको कमाईले त छोरा छोरीलाई पाल्ने कपडा लत्ता खाना आदि ठिक्क हुन्थ्यो।तर जसरी तसरी त्यो रिण तिर्न पाए आउँने दिनहरुमा छोराहरुलाई सजिलो होला भन्ठानेर आमा कृष्णा र बा रवीले बुढेशकालमा पनि मज्दुरी गर्दै थिए।उनिहरुलाई छोराले साथ दिन्छन भोली बुढेशकालमा छोराहरुले अबस्या आमा बाको लाई राम्ररी हेर्चाह गर्नेछन भन्ने आपर बिस्वास्थियो।छोराहरु लाई पढाउँने लेखाउँने काम गरेकै थिए।छोरा छोरीको पनि आमा बाउ तिर गहिरो मायाँ थियो।बिहे भयपछि बिस्तारै छोरीहरुलाई त आ-आफ्ना घर जानै पय्रो।तर छोराहरुले सुस्त सुस्त आफ्नो रङ देखाउँन सुरु गरे बुहारी आएपछि छोराहरुमा आमा बाउ अलि बोझ देखिन थाले।
एका तिर आमा बाउलाई बैङ्को रिण न तिरि नहुँने आर्को तिर छोराहरुले आमा बाउलाई एक रुपिया पनि न दिने कहिले के बहाना कहिले के गर्दै आमा बालाई टर्काउँन थाले।यो अबस्थामा पनि बुढा बुढीले कहिले खाने कहिले नखाने भोकै बस्ने पनि गरे।उनिहरुले आ-आफ्ना स्वास्नी को भाउँतामा आगेर सहर तिर लुसुक्क पसे।दुईटा छोराहरु सहर तिर गएर आ-आफ्ना परिवार सँग बसे आमा बाउलाई मज्दुरी गरेर खाना खाने कि रिण तिर्ने?बुढेशकालमा उनिहरुको अबस्था अत्यान्तै नाजुक हुँदै गयो।आफ्नो भबिष्याको सहारा भनेर दिन रात लगाएर दुईजनाले कमाएर ति चारौटा बच्चाहरुलाई पढाए लेखाए हुर्काए तर आज आफ्नो बुढेशकालमा उनै छोराछोरीको लागि पढाई लेखाई ब्या दानमा लागेको रिणको भारी,बृद्धा अबस्था।रोगले थला टेकेको सरीर भयपनि रवीले रात दिन मज्दुरी गर्छ,कृणालेपनि आर्काको घरमा भाँडा मिस्ने घाँस काट्ने गर्छे।यता छोराहरु एउटाले कुनै कम्पनिमा नोकरी लागेको हुँन्छ आर्कोले प्रोपटीको काम गर्छ दुई भाईकोनै राम्रो काम चलेको थियो।
कृणाले अब बिबहा हरुमा आर्काको भाँडा माज्ने काम गर्थिन।छोरा र बोहारीले बिबहाको निम्ता खान गयका त्यँही कृणाले भाँडा माज्झ्ने काम गर्दै थिई उता छोरा र बुहारी त्यँही पाउँना भएर आएका थिए।नमिता र कृष्णा भने बिध्यार्थी कालका साथि हुँन।नमिता यार हेर्त यो बुढीलाई आफ्नो जिवन छोरा छोरीको पर्वरीशमा लगाए अहिले छोरा हरुले न हेरेपछि यस्को यस्तो हालत छ!भन्दै कृष्णा तिर सिकाउँछे।होर?कविताले आफ्नो नजर कृष्णा तिर पिर्लुक्कै पार्दै भन्छे।त्यो कृष्णालाई देखेर त्यो बुहारी कवीतालाई धेरैधेरै आक्रोश आउँछ।उस्ले कृणाले त्यँहा भाँडा माजेकोमा आफ्नो बैजत भयको सम्झिन्छ।केभयो कविता खुबै चिनेको झैँ हेरीसता बुढीलाई नमिताले भन्छे।
उस्लाई यसरी तिखो नजरले नियालेको देखे पछी।होईन मैले ता कता बाट चिन्ने?आफुलाई समाल्दै भन्छे र नमिता तिर हेरेर खिसिक्कै हाँस्छे।एकै छिनमा छोरा आउँछ आमालाई देखेरपनि नदेखेको जस्तै गरेर त्यँहा बाट निस्किन्छन।यो तमासा बुढाले कतै लुकेर हेरेको थियो बुढा आफैपनि त्यो बिहेको पार्टीमा खालि समय लाई सत उपयोग गर्दै समान ओसरपसार गर्नलाई रिक्सा चलाएको थियो।छोरा र बुहारीको आफु प्रतिको ब्यबहार लाई देखेर कृणाको आँखा बर्षिन्छन।त्यो सबै देखेको बुढाले कृषणालाई एउटा शुन्दर फुलबट्टा बरेको लाठी किनेर ल्याई दिन्छ।के हो यो? देख्दैनौ र यो लाठी ता हो।
बुढाले भन्छ।हाम्रो बृद्धाबस्थाको सहारा यहित हो!यो भन्दा बफादार हाम्रा लागी साहिद छोरा छोरी हुनेछैनन।भन्दै बुढाले कृष्णा लाईआँसु पुच्छन लगाउँछ।हिँजो त्यहि छोरा ता हो जस्ले बाको मुख हेर्न भनी फोटाहरु अपलोड गरेको थियो।अब हाम्रो काल पर्खेकाछन उनिहरु मर्दा दिन यिनै पहिले चिच्चाई चिच्चाई रुने छन अनि काज कृर्या गर्नेछन तिम्लाई मलाई स्वर्गमा पठाउँन।बुढाले भन्छ अनि दुबै आफ्नो बुकुरा तिर लाग्छन।
(कथा काल्पनिक हो यस्का पात्रका नाम हरु सबै काल्पनिक हुँन कसैको निजि जिवन र नाम सँग मेल खाश गयकोमा मात्र सयोग हुँनेछ।)