• २०८३ भाद्र ४ गते बिहिवार

मण्डला थिएटरमा रङ्गकर्मी र प्रज्ञा–प्रतिष्ठानका पदाधिकारीबीच आत्मीय भेटघाट

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ ४, काठमाडौं । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका कुलपति तथा प्राज्ञ परिषद्का सदस्यहरूले मण्डला थिएटर, थापागाउँमा रङ्गकर्मीहरूसँग आत्मीय भेटघाट तथा अन्तर्क्रिया गरेका छन्। भेटघाटका क्रममा मण्डला थिएटरका रङ्गकर्मीहरूले नेपाली रङ्गमञ्चमा आफ्नो अनुभव, भोगाइ तथा सिर्जनात्मक यात्राका विविध पक्षबारे अनुभव आदान–प्रदान गरे।

सो अवसरमा नेपाली रङ्गमञ्चको वर्तमान अवस्था, सम्भावना, चुनौती तथा आगामी यात्राका विषयमा समेत छलफल भएको थियो। अन्तर्क्रियामा नेपाली रङ्गमञ्चको विकास र प्रवर्द्धनका लागि प्राज्ञिक तथा व्यावसायिक क्षेत्रबीच सहकार्य आवश्यक रहेकोमा जोड दिइयो। सहभागीहरूले रङ्गकर्मीका अनुभव, सिर्जनात्मक अभ्यास तथा समकालीन रङ्गमञ्चका सवालबारे विचार आदान–प्रदान गरेका थिए।

मण्डला थिएटरले नेपाली कला, साहित्य तथा रङ्गमञ्चको विकासका लागि प्रज्ञा–प्रतिष्ठानबाट भइरहेको पहलप्रति आभार व्यक्त गरेको छ। आगामी दिनमा यस्ता भेटघाट, संवाद र सहकार्यलाई निरन्तरता दिँदै नेपाली रङ्गमञ्चलाई थप समृद्ध र सशक्त बनाउन सहयोग पुग्ने अपेक्षा थिएटरले गरेको छ।

मण्डला थिएटर परिवारले प्रज्ञा–प्रतिष्ठानका पदाधिकारी तथा सदस्यहरूको उपस्थिति, आत्मीयता र सार्थक संवादका लागि धन्यवाद व्यक्त गरेको जनाएको छ।

Sharing

प्रतिक्रिया दिनुहोस