• २०८३ बैशाख ५ गते शनिवार

खप्तड छेडेदह गाउपालिकाद्धारा देश तथा जिल्ला बाहीर रहेका नागरीकको लगत संकलन

राजेन्द्र बहादुर रोकाया पढ्न लाग्ने समय : २ मिनेट

जेठ ८, बाजुरा । खप्तड छेडेदह गाउपालिकाले जिल्ला बाहीर रहेका गाउपालिका बासीको लगत संकलन गरेको छ । गाउपालिकाका स्थानीहरु कामको खोजिमा र पढाइको सिलसिलमा बिदेश तथा जिल्ला बाहीर रहेका ब्यक्तिहरुको लगत संकलन सम्पन्न भएको खप्तड छेडेदह गाउपालिका ६ का वडाध्यक्ष एबम् गाउपालिका प्रबक्ता कुम्ब नाथ योगीले बताउनुभएको छ ।

गाउपालिकाका प्रत्यक वडा अध्यक्षको जिम्मा लगाएर गाउपालिका बासीको लगत संकलन सम्पन्न भएको गाउपालिकाका अध्यक्ष नरबहादुर रावतले बताउनुभयो । खप्तडत छेडेदह गाउपालिका वडा नं। १ मा ६५९ भारत तथा अन्य मुलुकमा र ४१३ जना जिल्ला बाहीर गरी १०७२ जना, वडा नम्बर २ मा ६९० भारत तथा अन्य मुलुकमा र ४२० जना जिल्ला बाहीर गरी १११०जना, वडा नम्बर ३ मा ६५९ भारत तथा अन्य मुलुकमा र ५३ गरी जम्मा ७१२ जना, वडा नंम्बर ४ मा ७९४ भारत तथा अन्य मुलुकमा र १८२ जिल्ला बाहीर गरी जम्मा ९७६ जनको लकत संकलन गरीएको छ । त्यस्तै वडा नम्बर ५ मा १३७५ भारत तथा अन्य मुलुकमा २८९ जना जिल्ला बाहीर गरी १६६४ जना वडा नम्बर ६ मा १२५ भारत तथा अन्य मुलकमा १९९ जना जिल्ल बाहीर गरी ३२४ जना र वडा नम्बर ७ मा ७५५ भारत तथा अन्य मुलुकमा १८२ जना जिल्ला बाहीर गरी ९३७ जना गरी गाउपालिका भरी ६७९५ जनाको लगत संकलन गरीएको गाउपालिका अध्यक्ष कुम्ब नाथ योगीले जानकारी दिनुभएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस