जेठ ८, काठमाडौं । तारकेश्वर नगरपालिका–५, मा एक जना कोरोना पोजेटिभ भन्ने खालको समाचारमा जनाइएका व्याक्तिको कोरोना रिपोट नेगेटिभ पाइएको छ । तारकेश्वर नगरपालिकाका स्वास्थ्य प्रमुखले नै जानकारी दिएको भनेर समाचार सम्प्रेषण हुँदा तारकेश्वरमा आतक नै मच्चिएको छ ।
कोरोना नेगेटिभको रिर्पोट आएपनि पोजेटिभ भनि हल्ला मचिनाले गर्दा परिवार, आफन्तजन लगायत तारकेश्वर नगरपालिका नै आतंकित बनेको थियो । विश्व स्वास्थ्य संगठनले कोरोना पोजेटिभको व्याक्तिगत विवरण गोप्य राख्नु भनेपनि सामाजिक सञ्जाल र विभिन्न अनलाईनहरुले नाम, ठेगाना समेत किटान गरेर समाचार प्रकाशन गरेका थिए ।
कोरोना पोजेटिभ भनिएका ब्यक्तीको बारेमा नेपाल सरकारको आधिकारीक निकायबाट कुनै सूचना नगरपालिकामा नआएको तारकेश्वर नगरपालिकाका उप मेयर भवानी डोटेलले खबर24नेपाललाई जानकारी दिनुभएको छ ।