• २०८३ बैशाख १७ गते बिहिवार

कोरोना संक्रमितको संख्या ४४४

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ ८, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप १० जनामा कोरोना भेटिएको पुष्टि गरेको छ । हिजो बेलुका झापामा ५ जना, धनकुटामा १ र धरानमा १ जना सहित १७ जनामा कोरोना भेटिएको बिहीबार बिहान प्रेस विज्ञप्ति जारी गर्दै मन्त्रालयले जानकारी दिएको हो । उनीहरुको स्वास्थ्य हालसम्म सामान्य रहेको र सबै स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार संक्रमितहरु झापा, धनकुटा र सुनसरी जिल्लाका रहेका छन् । योसँगै नेपालमा कोरोना संक्रमण पुष्टि भएकाहरुको संख्या ४ सय ४४ पुगेको छ ।

Image may contain: text

Sharing

प्रतिक्रिया दिनुहोस