जेठ ८, काठमाडौं । आजदिउँसो देशको पूर्वी भू-भागमा पूर्ण बदली र मध्य भूभागमा सामान्य बदली रही बाकी भू-भागमा आंशिक बदली रहनेछ। पूर्वी भू-भागका केहि स्थानहरु र पश्चिमी तथा मध्यका १-२ स्थानहरुमा मेघगर्जन, चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। पुर्वी उच्च हिमाली भु-भागका केही स्थानहरुमा हल्का देखि मध्ययम हिमपातको समेत संभावना रहेको छ। यस्तै राती देशको पूर्वी भू-भागमा पूर्ण बदली रही बाकी भूभागमा आंशिक बदली रहनेछ। पूर्वी भू-भागका केहि स्थानहरु र मध्य भू-भागका १-२ स्थानहरुमा मेघगर्जन, चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। पुर्वी तथा मध्य उच्च हिमाली भु-भागका केही स्थानहरुमा हल्का देखि मध्ययम हिमपातको समेत संभावना रहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार बंगालको खाडीमा बनेको चक्रवात जमिनमा प्रवेश गरिसकेको छ र कमजोर हुने क्रममा रहेको छ। हाल देशमा यो प्रणालीको साथै स्थानीय वायु को प्रभाव रहेको छ। जसका प्रभावले देशको पूर्वी र मध्य भू-भागमा पूर्ण बदली रही पश्चिमाका आंशिक बदली रहेको छ। पूर्व र मध्यको थोरै स्थानमा वर्षा भईरहेको छ ।
हाल बंगालको खाडीमा बनेको चक्रवात जमिनमा प्रवेश गरिसकेको छ र कमजोर हुने क्रममा रहेको छ। हाल देशमा यो प्रणालीको साथै स्थानीय वायु को प्रभाव रहेको छ। पूर्वी रहनेछ। पूर्वी भू-भागका केहि स्थानहरु र पश्चिमी तथा पहाडी भू-भागका १-२ स्थानहरुमा मेघगर्जन, चट्याङ सहित हल्का देखि मध्ययम वर्षाको संभावना रहेको छ। महाशाखाले हिमाली भु-भागहरुमा हिमपातको संभावना रहेकोले खोलानालाहरुमा जलप्रवाह समेत बढोत्तरि हुने संभावना रहेकोले आवश्यक सतर्कता अपनाउन हुन सबैलाई अनुरोध गरेको छ।