बैशाख ९, बाजुरा । बाजुराको बुढिगगा नगरपालिकामा १ जनार्मा यापिड (आरडीटी) टेष्टमा पोजेटीभ देखिएको छ । यापिड टेष्ट गर्ने क्रममा तिन पटक चेक गर्दा पोजेटिभ देखिएपछि आइसोलेसन कक्ष राख्नका लागि जिल्ला अस्पताल बाजुरा ल्याइदै गरेको बडिमालिका खबरलाइ एक बिशेष स्रोतले वताएको छ ।
पोजेटिभ देखीएकि १८ बर्षिय वालिका चैत १५ गते मावलि घर अछाम बाट आएको बुझिएको छ । जिल्ला अस्पताल बाजुरामा आइसोलेसनमा राखेर स्वाव सकलन गरेर पिसिआरका लागि धनगढि पठाइने बुझिएको छ । स्वास्थ्य कार्यलय बाजुराका प्रमुख दयाकृष्ण पन्तले भने यो बारेमा कुनै पनि प्रतिक्रिया दिएका छैनन् । पिसिआरको रिपोट नआउदा सम्म बोल्न नहुने बताएका छन् । एक सुरक्षा अधिकारीका अनुसार पोजेटिभ देखीएको गाँउलाइ लक गर्ने तयारी रहेको बताएका छन् । यताउता आवतजावत बन्द गर्न लागेको वताएका छन् ।
केहि दिन पहिला मात्र भारतबाट आएका त्रिवेणीका २ जनामा पोजेटिभ देखिएको थियो । उनिहरु दुबैजनाको स्वाब सकलन गरेर पिसिआरका लागि धनगढि पठाइसकेको छन् । एकजनालाइ अस्पताल बाजुरामा आइसोलेसनमा राखिएको छ भने एकजना तोलि क्वारेनटाइनमा राखिएको छ ।