• २०८३ बैशाख ५ गते शनिवार

कर्णालीको नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्न एमालेको ह्वीप

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार १, सुर्खेत । कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०७८र७९ का लागि पेस गरेको वार्षिक नीति तथा कार्यक्रमका विपक्षमा मतदान गर्न नेकपा एमालेले ह्वीप जारी गरेको छ ।

मंगलबार बसेको संसदीय दलको बैठकले मुख्यमन्त्री महेन्द्र बहादुर शाही नेतृत्वको सरकारले ल्याएको नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्न ह्वीप जारी गरेको हो । सर्वोच्चले माधव नेपाल समूहका चार सांसदको पुनर्बहाली पछि बैठकमा माधव नेपाल समूहका सांसद प्रकाश ज्वालासमेत सहभागी थिए ।

प्रमुख सचेतक गुलाबजंग शाहले विपक्षमा मतदान गर्न एमाले सांसदहरूलाई ह्वीप जारी गर्ने निर्णय भएको जानकारी दिए । प्रदेशसभामा सभामुखसहित एमालेका २०, कांग्रेस र माओवादीका १८ र राप्रपाका एक सांसद छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस