साच्चै प्रकृतिले बरदान दिएकै हो , वीर पुर्खाले पौरख देखाएकै हुन । स्वर्गजस्तो यो देस गन्तब्यको खोजी गर्दै गर्दा कता कता पुगियो । स्थायित्व र समृद्दी खोज्दा खोज्दै कहिले पराइ ठुल्दाइको त्रासमा रुमलिइयो, कहिले आफन्तको पीडामा खुट्टा तानातान , कहिले महासागरीय भुमरीको अल्झन त कहिले कुर्चीको टक्कर, कहिले पद, पावर, पैसा अनि आफन्त र परिवारमा स्वार्थलाइ सीमित राखियो । तैपनि नेपाली जनताको धैर्यताको बाध टुटेको छैन, न त प्रकृतिको निशाना नै फुटेको छ , त्यसैले अब त सोच न । एकान्तमा बसेर भएपनि सहयात्राको पाठ सिक । अनि सुखी नेपाली, समृद्र नेपालको परिकल्पनालाइ वास्तबिकतामा परिणत गर । साच्चै, अब त दलीय र पारिवारिक स्वार्थ भन्दा एक तह माथी उठेर सोचौं त ।
सन १९४५ मा जापानको हिरोसिमा र नागासाकीमा अमेरिकाले उठनै नसक्ने गरि बम गिराउंदा थला परेको जापानलाइ नेपालले गरेको आर्थिक सहयोग होस कि, हाम्रा पुर्खज कालीगढ अरनीकोको चीनमा फैलिएको पौरख गाथा, गेहेन्द्र शम्सेर राणाद्वरा निर्मित जर्मनको म्युजियममा सजाएर राखिएको पेस्तोलबाट पाठ सिकि जर्मनीमा भएको यान्त्रीक प्रगति आदि कुराहरु सम्झिदा बिगतको ईतिहास कस्तो र कति सानको थियो तर अहिले किन हामी सियोदेखि मियोसम्म, नुनदेखि सुनसम्म , सुटदेखि बूटसम्म परनिर्भरतामा फंसिराखेका छौ त ?
यसको उत्तर अहिलेसम्म न कसैले दिन नै जान्यो न त कसैबाट लिन नै । खाली हामीले जानेको त जानेका, पढेका र बुझेका जति बाहिरी देसमा, अर्धदक्ष जति देस बाहिर र भित्रको यात्रामा अनि बांकी जो रहन्छन तिनमा घमन्डको चुण । अनि कसरी खोजिन्छ गन्तव्य ? अनि कसरी सुखी नेपाली, समृद्द नेपालको नक्सालाइ सार्थकतामा परिणत गर्न सकिन्छ त ?
यो त कुनै एक ब्यक्तिले बोलेको भरमा हुने होइन न कि उसमा जादुको छडी होस । यसमा त हामी प्रत्येक ब्यक्तिहरुले आ आफ्नो क्षेत्रबाट राज्यलाइ केही योगदान गर्नु पर्यो यदि सकिँदैन भने कम्सेकम भएका यथार्थ घटनालाइ बाटो मोडाएर समाजमा गोयबल्स शैली प्रदर्शन गर्न मात्र रोकिदियौ भने पनि त्यो तपाइको महान योगदान हुनेछ राज्य र जनताको लागि । त्यसैले सक्छौ केही गर, सक्दैनौ बिगार्ने काम नगर । तब न गन्तब्यमा पुग्न सकिन्छ ।