असार ५, मुगु । बिश्व महामारिको रुपमा फैलिरहेको नोवेल कोरोनाभाईरस (कोभिड १९)ले थला परेको बेला नेपालमापनिकोरोना संक्रमितको संख्या रफ्तारमा बढ्न थाले पछि यसको समयमा रोकथामका लागीमुगुको छायाँनाथ रारा नगरपालिकाको जिल्ला कारागार भबनमा रहेको प्रारम्भिकआईसोलेसन सेन्टरमा सरसफाइ सामग्री सहित लैगिङ्कमैत्रीशौचालयतथा स्नान घर निर्माण गरिएको छ ।

५० बेडको प्रारम्भिक आइसोलेसन सेन्टरमा ४ वटा लैगिङ्कमैत्रीशौचालयतथा २ वटा स्नान घर निर्माण गरिएको जिल्ला बिपद व्यवस्थापन समितिका सदस्य तथा नेपाल रेडक्रस सोसाइटी मुगुका सभापति जय बहादुर मल्लले जानकारी दिए । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको लकडाउनका कारण भारतमा अलपत्र परेका नागरिकलाई मुगु जिल्लाका ४ वटै स्थानीयतहले उद्धार गरी ल्याउने क्रमजारी छ । भारत तथा बाहिरिए जिल्लाबाट बाट आउने नागरिकहरु कोरोना संक्रमित हुन सक्ने अवस्थालाई ध्यानमा राखीपूर्व तयारी स्वरुपजिल्लाबिपदव्यवस्थापन समितिको अगुवाईमा निर्माण गरिएको प्रारम्भिक आइसोलेसन सेन्टरमा खानेपानी तथा सरसफाइलाइ मध्यनजर गर्दै सरसफाइ सामग्री सहितका ४ वटा लैगिङ्कमैत्री शौचालयतथा २ वटा स्नान घर निर्माणमा सहयोग गरिएको गैर सरकारी संस्था हिमाली ग्रामीण युवा समाज बिकास केन्द्र (हिरिसडेक) मुगुका कार्यकारी निर्देशक मिनबहादुर रावलले बताए ।

कोरोना महामारी नियन्त्रण तथा रोकथामका लागि जिल्ला विपद व्यवस्थापन समितिको तर्फबाट आव्हान गरिएको मुगुका सहायक प्रमुख जिल्ला अधिकारी केसब ज्ञवालीले बताए। कोरोना भाइरसको महामारीले विश्व नै आतंकित भईरहेका बेला सरकारी, गैर सरकारी कार्यालय, नागरिक समाज, रेडक्रस, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल तथा अन्य सहयोगी निकायहरु एकताबद्ध भएर कोरोना विरुद्धको लडाईमा जुट्न आव्हान गर्दछु’ सहायक प्रमुख जिल्ला अधिकारी ज्ञवालीले भने ।
सप्रजिअ ज्ञवालीका अनुसार मुगु जिल्लामा खासै अन्य जिल्लाको जस्तो मुगुमा कोरोनाको संक्रमीत हुनेकाे संख्या बढ्दो नभए पनि पूर्व तयारीको लागी स्थानियतहहरु र जिल्लाका सबै सरोकारवालाहरु संग सहकार्य गरि अघि बढीरहेको समेत बताए ।