• २०८१ जेष्ठ ६ गते आइतवार

दरबारमार्गमा तास खेलिरहेको अवस्थामा ८ जना पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पुस ३, काठमाडौं । विशेष सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त दरबारमार्गबाट खटिएको प्रहरी टोलीले काठमाडौंको दरबारमार्गस्थित वानओक रेष्टुरेण्ट एण्ड लन्चबारमा तास खेलिरहेको अवस्थामा ८ जना पक्राउ गरेको छ । बिहीबार राति भक्तपुरको चाँगुनारायण नगरपालिका(७ बस्ने २८ वर्षीय प्रकाश लामा लगायत ८ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

विशेष सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त दरबारमार्गबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ५ लाख १८ हजार रुपैयाँ र २७ थान तास सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस