• २०८३ बैशाख २४ गते बिहिवार

विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका तत्कालीन उपकुलपतिविरुद्ध भ्रष्टाचार मुद्दा दायर

झण्डै ८ करोड बराबरको सम्पत्ति गैरकानुनी रुपमा आर्जन
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ ३०,काठमाडौं । वि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका तत्कालीन उपकुलपति डा. बलभद्र प्रसाद दासले झण्डै ८ करोड बराबरको सम्पत्ति गैरकानुनी रुपमा आर्जन गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।


आयोगले मंगलबार डा. दासविरुद्ध ७ करोड ७१ लाख ९२ हजार ८६० रुपैयाँ २४ पैसा विगो कायम गरी मुद्दा दायर गरेको हो । डा. दासले सोही अवधिभित्र. १५ करोड ३२ लाख ३ हजार ३५० रुपैयाँ ४ पैसा खर्च तथा लगानी गरेको पुष्टि हुन आएको दावी गर्दै आयोगले वैधानिक आयबाट खर्च तथा लगानी घटाउँदा बाँकी रहन आउने. ७ करोड ७१ लाख ९२ हजार ८६० रुपैयाँ २४ पैसाको खर्च तथा लगानीको स्रोत खुल्न नआएको भन्दै मुद्दा दायर गरेको हो ।

Sharing

प्रतिक्रिया दिनुहोस