यो सरकार फाल्दा झन मनकै कालो आउला,
देश जनताको छाती चिर्नलाई फालो आउला।
घर-घरमा राजनीति पार्टि बनाएका छन आज,
घुमि फेरी सरकार भित्र यसैको सालो आउला।
यो पुँजिवादी ब्यबस्थामा धनमानकै राज हुन्छ,
न सोँच यो सम्रचनामा गरीबको पालो आउला।
हामी ता आपसमा लडेका मात्रै हुन्छौँ मर्नलाई,
भाग मा रित्तो डालो आउला कोदालो आउला।
गरीब सर्वहारा सुकुमबासी का कथा पस्किएर,
धेरै गतिलो आए छिमेकीको गोठालो आउला।
देशमा भ्रष्टचारीको बोलवाला भएपछि त अब,
उनको बिरोध गर्ने लाई फलामे बालो आउला।
जनता आपस मा न लडे दुश्मन बनी वेफाईदा,
न तिमिलाई टालो नही अन्नको डालो आउला।