• २०८३ जेष्ठ २३ गते शनिवार

रामकुमारी झाँक्री पक्राउ: राज्यविरुद्धको कसुर

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ २९, काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी |(नेकपा)का नेतृ रामकुमारी झाँक्रीलाई अपराध महाखाशाको प्रहरी टोलीले पक्राउ गरेको छ । आज शंखमुल स्थित झाँक्रीको घरबाट नै प्रहरीले पक्राउ गरेको छ ।

पार्टीभित्रको आपसी विवाद भएपछि पछिल्लो समय झाँक्रीले राष्ट्रपति तथा प्रधानमन्त्रीविरुद्ध अनैतिक गतिविधि सञ्चालन गरिरहेको भन्दै प्रहरीले पक्राउ गरेको हो ।झाँक्रीले राष्ट्रपतिको मान मर्यादा तथा व्यक्तिगत इज्जतलाई समेत धावा बोलेपछि पक्राउ गरिएको हो । प्रहरीले झाँक्रीलाई आफै उपस्थित हुन आधिकारीक जानकारी गराए पनि सम्पर्कमा नआएपछि प्रहरीले झाँक्रीको घरबाट पक्राउ गरेको हो ।

उनले भनेकी थिइन्- राष्ट्रपतिका कुरा त के गर्नु र १ बडामहारानीले चुनाव हुन्छ भन्‍नुभएछ । बडामहारानीलाई गोरखाबाटै सन्देश दिन्छु । शीतल निवासको कारगेट छाडेर कोटेश्‍वर फर्किए हुन्छ । चाबहिल हो कि कता घर छ रे । त्यता पनि नभए बालकोट नै गए पनि हुन्छ ।

मदन भण्डारीको हत्यापछि तत्कालीन एमालेले २०५० सालमा विद्यादेवी भण्डारीलाई चुनाव लडाउनु भुल भएको झाँक्रीको भनाइ थियो । ‘मदन भण्डारीको हत्यापछि सेतो साडी लगाएर चुनावमा उठाउने नेकपा एमालेले जुन संस्कृति सुरू गरेको थियो, जे गरेको थियो, त्यसको प्रतिउत्पादक हो विद्या भण्डारी ,’ उनले भनेकी थिइन् ।

Sharing

प्रतिक्रिया दिनुहोस