असोज १४, चितवन । मुग्लिन नारायणघाट सडक खण्ड सुचारु भएको छ । मंगलबार साँझ तुइन खोला नजिक पहिरो आएर अवरुद्ध भएको सडक पहिरो पन्छाएपछि सुचारु भएको छ ।

सडक डिभिजन भरतपुरले बर्षाका कारण लेदो सहित आएको पहिरोले सडक अवरुद्ध भएकोमा अहिले पन्छाएर साढे ८ बजेदेखि सडक सुचारु भएको जानकारी दिएको छ ।