असार १, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालका थप ४५१ जनामा कोरोना संक्रमण भएको छ । यो संगै कुल सक्रमित संख्या ६२११ भएको छ ।
मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा जनाए अनुसार थप संक्रमितमा ३५ जना महिला र ४१६ जना पुरुष रहेका छन । बितेको २४ घण्टामा थप ६७ जना संक्रमणमुक्त भएका छन् । जसमा ७ महिला र ७० पुरुष रहेका छन् । योसँगै नेपालमा कोरोना जित्नेको जम्मा संख्या १०४१ पुगेको मन्त्रालयले जनाएकोे छ ।