• २०८३ बैशाख १७ गते बिहिवार

‘मानविय स्वास्थ्य र वातावरण अन्तरसम्बन्ध विषयक’ कार्यक्रम सम्पन्न

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

असार १, काठमाडौं । कोरोनाले वातावरण संरक्षण गर्न सिकाएको सरोकारावालाले जोड दिएका छन् । तराई विकास तथा संचार केन्द्र, नेपालले काठमाडौ महानगरपालिकाको सहकार्यमा आइतबार काठमाडौमा गरेको ‘मानविय स्वास्थ्य र वातावरण अन्तरसम्बन्ध विषयक’ कार्यक्रममा उनीहरुले वातावरण संरक्षण मानिस स्वयंले गर्नुपर्ने बताएका छन ।

काठमाडौ महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत एकनारायण अर्यालले कोरोना भाइरस जस्तो महामारीले प्रकृति मानिस कसरी वस्नु पर्दछ भन्ने पाठ सिकाएको बताए । उनले अहिले बन्दाबन्दी (लकडाउन)ले गर्दा देशभरिको नै वातावरण स्वच्छ रहेकोले अहिल्यै कै जस्तै वातावरण बनाउन सवैले फोहोर व्यवस्थापन गर्नुपर्नेमा जोड दिए । ‘मानिसले पहिले भूकम्पको कारण वातावरण संरक्षणमा जोड दिएका थिए । खुला ठाउँ छोड्ने अग्ला घर नबनाउने जस्ता कुरामा केही समय ध्यान दिएका थिए’ उनले भने ‘तर केही बर्षमा त्यसलाई विर्सका थिए । अहिले फेरि कोरोनाले मानिसलाई वातावरण संरक्षण गर्नुपर्दछ भन्ने सिकाएको छ ।’

लकडाउनले गर्दा वोटविरुवाले राम्रोसंग श्वास फेरेर देश नै सुन्दर बनाएर मुलुकलाई चिनाएको उनको भनाई थियो । काठमाडौ महानगरले वातावरण संरक्षण गर्नुपर्दछ भनेर एक घर दुई वोटविरुवा रोप्ने अभियान संचालन गरेको जानकारी दिए ।

कार्यक्रममा काठमाडौका जिल्ला प्रमुख अधिकारी जनकराज दाहाल लकडाउनले मात्र समस्या समाधान नहुने भन्दै लकडाउनका स्वरुप परिवर्तन गरिएको बताए । भोलिदेखि जनजिवनलाई सहज बनाउन लकडाउनको स्वरुप परिवर्तनगरिन थालिएको उनको भनाई थियो । कार्यक्रममा महानगरका वातावरण विभागका प्रमुख हरिकुमार श्रेष्ठले काठमाडौ उपत्यकामा दैनिक एक हजार १४३ मेटिक टन फोहोर उत्सर्जन हुने भएकोले त्यसलाई व्यवस्थापन गर्न स्थानीयवासीको अग्रसरता हुनुपर्ने बताए ।

कार्यक्रममा ओम समाज डेन्टल अस्पतालका प्रमुख डा सुवास घिमिरेले दाँत र मुख सफा भए ९० प्रतिशत रोग नलाग्ने जानकारी दिए । वातावरण पत्रकार समूहका पूर्व अध्यक्ष तथा नेपाल पत्रकार महासंघका सल्लाहाकार तीर्थ कोइरालाले उपत्यकामा सहरिकरण समस्या समाधान गर्नुपर्ने धारणा राख्दै पत्रकारले नेताका भाषण मात्र नलेखेर वातावरणले पार्ने प्रभावका बारे लेख्नुपर्ने बताए ।

महासंघका केन्द्रीय सदस्य तथा सञ्चार केन्द्रका अध्यक्ष गोविन्द चौलागाईले लकडाउनका कारण धुँलो धुँवा नभएकोले सुन्दर वातावरण देख्न सकिएको भन्दै सवै मिलि वातारण संरक्षण गर्नुपर्ने बताए ।

सोही अवसरमा प्रमुख अतिथि अर्यालले ओम समाज डेन्टलका प्रमुख डा। घिमिरेलाई लकडाउन अवधिभरि संचारकर्मीलाई निःशुल्क सेवा प्रदान गरेवापत सञ्चारकेन्द्रको तर्फबाट सम्मान गर्नु गरेका थिए । लकडाउन अवधिभरि १५० भन्दा बढी संचारकर्मीको दाँत परीक्षण गरिएको डेन्टलका प्रमुख डा. घिमिरेले जानकारी दिए । कार्यक्रममा उच्च अदालत पाटनका न्यायधिश मोहम्मद साविर हुसेनको समेत सहभागिता रहेको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस