उपदेश दिँदा पनि लौ गाली सम्झिन्छन्
आफुले आफैलाई बलशाली सम्झिन्छन्
कहि कतै मूल्य र मान्यता नभएको झैं गरि
धितो बिनाको तमसुक कपाली सम्झिन्छन्
झन् राम्रो होस् भनी सहयोग गर्न खोज्दा
मध्यस्थता गरि खाने दलाली सम्झिन्छन्
चैत मासको त्यो उराठ लाग्दो खडेरीमा पनि
वर्षा यामको जस्तै गरि हरियाली सम्झिन्छन्
गरि खाओस् भनी अलिकति छुट दिदा
आफ्नै जस्तो गरि हाली मुहाली सम्झिन्छन्
व्यास ६ तनहुँ हाल अफ्रिका