भाद्र २६, काठमाडौँ। प्राविधिक शिक्षा तथा व्यवसायिक तालीम परिषद् सीटीईभीटी ले शैक्षिक सत्र २०७७-०७८ मा डिप्लोमा तथा प्रमाणपत्र तहको वर्गीकरण निःशुल्क छात्रवृत्ति छनोटका लागि दरखास्त आह्वान गरेको छ । सीटीईभीटीले शुक्रबार गोरखापत्रमा एक सूचना निकाल्दै छात्रवृत्ति कोटामा विभिन्न विषय अध्ययनका लागि असोज १९ भित्र आवेदन दिन सूचित गरेको छ ।
