भदौ २६, चितवन । चितवनमा थप ३४ जना कोरोना संक्रमित थपिएका छन् । चितवनमा संक्रमण पुष्टि हुनेहरु सबै भरतपुर महानगरपालिकाका छन् । जसमध्ये २६ जना पुरुष र ५ जना महिला रहेका छन् । पुरुषहरु १२ वर्षीय बालकदेखि ५७ वर्ष उमेर समूहका छन् । यस्तै, महिलाहरु २४ देखि ५४ वर्ष उमेर समूहका छन् ।

चितवनमा शुक्रबार बिहानसम्म कुल संक्रमितको संख्या ११ सय पुगेको छ । हालसम्म कोरोनाबाट चितवन जिल्लाका १३ सहित २४ जनाको मृत्यु भैसकेको छ ।